बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्दै

पर्सा । बलिउड अभिनेत्री दीपिका पादुकोण आमा बन्ने भएकी छन् । दीपिका पादुकोण र रणवीर सिंहको नजिकका एक स्रोतले अभिनेत्री गर्भवति रहेको खबरको पुष्टि गरेका हुन् ।

लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा बलिउड अभिनेत्री दीपिका पादुकोणले पटक पटक साडीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन् । त्यसपछि दीपिका गर्भवति भएको र आफ्नो बेबी बम्प लुकाउने प्रयास गरेको अफवाह उड्न थाल्यो । यिनै अफवाहहरूबिच

सिंह दम्पत्ति निकट स्रोतले द वीक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनीको गर्भधारण पुष्टि गरेका हुन् । दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको बताइएको छ । बाफ्टा समारोहमा दीपिका प्रस्तोताको रुपमा सहभागी भएकी थिइन् । यो समारोहमा उनले डिजाइनर सब्यसाचीले डिजाइन गरेको झिलिमिली साडी लगाएकी थिइन् । समारोहमा खिचिएका दीपिकाका धेरै तस्बिर भाइरल भएका थिए ।

दीपिका पादुकोणले सिंगापुर भोगलाई दिएको अन्तर्वार्तामा २ महिनाअघि छिट्टै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । कुराकानीका क्रममा उनलाई आमा बन्ने योजनाबारे सोधिएको थियो । यसबारे दीपिकाले भनेकी थिइन्, ‘पक्कै, रणवीर र म दुबैलाई बच्चाहरू निकै मन पर्छ । हामी दुबै त्यो दिनको पर्खाइमा छौँ, जुन पदन हामी आफ्नो परिवार शुरु गर्नेछौं ।’

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.