डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि एलिनाले भनिन “सम्मान र माया गर्न छोडेको छैन”

पर्सा । एलिनाले सम्बन्ध टुंग्याउने मोडमा पुगे पनि विष्णुप्रति आफ्नो माया घटेको छैन भन्ने स्पष्ट पार्दै भावुक लाइभ गरिन्। उनले अदालतमा डिभोर्सका लागि मुद्दा दर्ता गरिसकेपछि पनि पतिलाई सम्मान र माया गर्न नछाडेको बताइन्।

लाइभमा उनले भनिन्, “मायाको कुरा गर्दा कस्तो हुँदो रहेछ भने, आफूले माया गरेको मान्छेलाई गाली गर्दा, आफैंले गाली खाएभन्दा बढी पीडा हुँदो रहेछ।” साथै, उनले विष्णुप्रति कुनै नराम्रो टिप्पणी नगर्न सबैलाई आग्रह गर्दै भनिन्, “उहाँलाई गाली नगरिदिनु होला, बरु मलाई नै गाली गर्नुस्।”

एलिनाले आफ्नो जिन्दगीका निर्णयहरूका लागि आफूलाई नै जिम्मेवार ठानेर आत्मविश्लेषण गर्ने दृष्टिकोण देखाइन्। उनले दिएको सन्देश स्पष्ट छ— साँचो माया केवल साथ रहँदा मात्र होइन, टाढिँदा पनि जीवित रहन्छ। सम्बन्ध जेसुकै मोडमा पुगे पनि सम्मान, समझदारी, र सकारात्मकता कायम राख्न सकियो भने, विछोड पनि एउटा सिकाइको अध्याय बन्न सक्छ, चोट होइन।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.