तीनकुनेमा अभिनेत्री एनी कुँवर पक्राउ

पर्सा । काठमाडौंको तीनकुनेमा यही १५ चैतमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा अभिनेत्री एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी पत्रकार सुरेश रजकको जलिएको घरमा ताला लगाएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि पक्राउ परेकी हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अङ्गुर जिसीका अनुसार अनुसन्धानका लागि कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको हो ।

उनीमाथि प्रदर्शनस्थलमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोप लागेको छ ।

घरमा आगजनी भएपछि कुँवरले फेसबुक लाइभ गर्दै ‘बचाउन आउनुहोला’ भनी आग्रह गरेकी थिइन् । उनले फिल्म ‘ब्रह्मा’ बाट एक दशकअघि आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.