बारा। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक पुरुषको शव फेला परेको छ। कार्यालयको पछाडि रहेको खोला किनारमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ र मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुनेछ। घटनाको प्रकृति र थप विवरणका बारेमा जिल्ला प्रहरी कार्यालय बाराले सुक्ष्म अध्ययन गरिरहेको जनाएको छ।