बलिउड अभिनेत्री कंगना रनावतको नेपालका बारेमा आपत्तिजनक अभिव्यक्ति

पर्सा । बलिउड अभिनेत्री कंगना रनावतले नेपालका बारेमा आपत्तिजनक अभिव्यक्ति दिएकी छन्। टाइम्स नव भारत नामक युट्युब च्यानलमा उनले दिएका एक अन्तरवार्तामा कंगनाले नेपाललाई पनि भारत नै मान्दा हुन्छ भन्ने विवादस्पद अभिव्यक्ति दिएकी हुन् ।

उनले अन्र्तवर्तामा भनेकी छिन्–‘एउटा सानो देश छ नेपाल भन्ने । त्यो देशलाई पनि इन्डिया नै मान्दा हुन्छ । त्यसलाई भारत नै मानौं ।’ कंगनाले विश्वमा हिन्दु धर्म मान्नेहरुका लागि विश्वमा एउटा मात्र देश भारत मात्र रहेको उल्लेख गरिन्।

कंगनाले विश्वमा हिन्दु धर्मा मान्नेहरु सुरक्षित हुने एउटा मात्र देश भारत मात्र भएको बताएकी हुन् । कंगनाको यो अभिव्यक्तिले सिंगो नेपालको सार्वभौमसत्तामाथि नै धावा बोलेको छ । केही बर्ष अगाडि बलिउड नायिका मादुरी दिक्षितले नेपाललाई ‘भारतको एउटा प्रान्त’ भएको बताउँदा चर्को विरोध भएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.