एजेन्सी । सन्नी देओलको फिल्म ‘गदर २’ ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा हंगामा मच्चाएको छ । दोस्रो दिनको आम्दानीको तथ्यांक आएको छ ।
सनी देओलको फिल्म ‘गदर २’ ले दोस्रो दिन ४५ करोडको व्यापार गरेको छ । दुई दिनमा फिल्मले बक्स अफिसमा ८५ करोडको आँकडा पार गरेको छ ।
पहिलो दिनको कुरा गर्ने हो भने फिल्मले ४० करोडको व्यापार गरेको थियो । यसरी यो फिल्म सन् २०२३ को दोस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।