अध्यक्ष तथा अभिनेता केसीले अभिनेत्री शाहविरूद्ध दर्ता गरेको मुद्धामा दाबी नपुग्ने अदालतको फैसला

पर्सा। चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध दर्ता गरेको मुद्धामा दाबी नपुग्ने अदालतले फैसला सुनाएको छ ।

बुधबार मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो ।अभिनेत्री शाहविरूद्ध अध्यक्ष केसीले काठमाडौं जिल्ला अदालत २०७७ साउन ९ गते गाली–बेइज्जती मुद्दा दर्ता गरेका थिए ।

तीन वर्षअघि भुवन र साम्राज्ञीबीच सामाजिक सञ्जाल र सञ्जारमाध्यममा आरोप–प्रत्यारोप चलेको थियो। साम्राज्ञीले भुवनले आफूलाई शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्। बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.