पर्सा । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।
पार्टीका एकमात्र प्रदेशसभा सदस्य अम्बिका काफ्लेले शुक्रबार प्रदेशसभामा संविधानको धारा १८८ (२) अनुसार समर्थन फिर्ता लिएको जानकारी पत्रमार्फत गराएकी हुन् ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार उक्त पत्र दर्ता भइसकेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको सरकारलाई एमाले, कांग्रेस, नागरिक उन्मुक्ति, जनमत, लोसपा लगायतको समर्थन छ ।
८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, जनमत र लोसपाका तीन/तीन सदस्य, जसपाका दुईजना सांसद सरकार पक्षमा थिए ।
हाल माओवादी केन्द्र (१०), राप्रपा (३), नेकपा समाजवादी, जनमोर्चा र जसपाका एक/एकजना सांसद विपक्षमा छन् । जनमतकी गीता गुरुङ पदमुक्त भइसकेकी छन् ।