आज बिहानदेखि आन्तरिक तर्फका उडानहरू प्रभावित

काठमाडौँ । शुक्रबार रातीदेखि भइरहेको वर्षाका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका उडानहरू प्रभावित भएका छन् । अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक तर्फका उडानहरू प्रभावित भएका हुन् ।

काठमाडौं, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौंसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएको जनाइएको छ । कतिपय उडान डिले भएका छन् ।

काठमाडौंसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.