मौसम खराब हुँदा विराटनगरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अवतरण

काठमाडौं। लगातारको झरीपछि मौसम खराब हुँदा विराटनगरबाट काठमाडौंका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा अवतरण गरेको छ।

काठमाडौंमा मौसम खराब भएपछि जहाजलाई पोखरामा अवतरण गरिएको हो।

पोखरा पुर्याइएका यात्रुलाई काठमाडौंको मौसममा सुधार आएपछि पोखराबाट उडान भरिने यती एयरले जनाएको छ। खराब मौसमका कारण काठमाडौंबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.