कहाँ कहाँ सडक अवरुद्ध भए

काठमाडौँ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशभर मौसम बदलिएर विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती र मधेस प्रदेशका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तरपूर्वतर्फ सरिरहेका कारण ती क्षेत्रमा वर्षा केही समय अझै जारी रहने अनुमान गरिएको छ । महाशाखाले यात्रु र सर्वसाधारणलाई सतर्कता अपनाउन र पछिल्ला मौसमी सूचनाबारे जानकारी लिन आग्रह गरेको छ।

यसैबीच, लगातारको वर्षाका कारण देशका विभिन्न सडकखण्डमा पहिरो खस्दै सडक अवरुद्ध हुने घटना पनि बढ्न थालेका छन्।

प्रहरीको केन्द्रीय कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै रसुवाको नेपाल चीन नाका जोड्ने पुल र पासाङल्हामु सडक पनि पुर्णरुपमा अवरोध भएको छ ।

सिन्धुपाल्चोक र काभ्रेमा अरनिको राजमार्ग एकतर्फी सञ्चालन छ भने नारायणगढ-मुग्लिनपनि एकतर्फि सञ्चालन छ । यद्यपि जोखिम भने सबैतिर कायमै छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.