पर्सा । पूर्वसहमति अनुसार मन्त्रालय नपाएको भन्दै लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)ले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको छ । जसपाले दुई मन्त्रालय मागेको भएपनि एक मात्रै मन्त्रालय पाएको भन्दै आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको हो ।
पार्टीको निर्णयपछि जसपाबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट शनिबार राजीनामा दिएका हुन् ।
चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित अहिर मन्त्री बनेका थिए ।