पर्सा । आजदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)को पुरस्कार घोषणा भएको छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्या)ले उद्घाटन खेलसँगै आज पुरस्कारको घोषणा गरेको हो ।
क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख, उपविजेताले ५० लाख र तेस्रो स्थानमा रहनेले ३० लाख र चौथो हुनेले २० लाख पुरस्कार पाउने भएको हो ।
यो खेलमा ८ समूहले भाग लिएका छन् ।