अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले लियो

पर्सा । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ । दशरथ रंगशालामा बुधबार साँझ आयोजित प्रतियोगितामा म्यानमारले नेपालमाथि दुई शून्यको जित निकालेको हो ।

रंगशालामा खचाखच दर्शकबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफको ६० मिनेटपछि म्यानमारले दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो । ६२औं मिनेटमा पहिलो गोल गरेको म्यानमारले ६४औं मिनेटमा अर्को गोल थपेको थियो ।

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि भिडन्तमा उत्रिएको थियो । काठमाडौंमा आयोजित प्रतियोगिताका तिन वटा लिग खेलमा म्यानमारले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल र म्यानमारले समुह चरणमा किर्गीस्तान र लेबनानलाई हराएका थिए ।

लिग चरणको अन्तिम खेलमा भने नेपाल र म्यानमारले दुई दुई गोलको बराबरी खेलेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.