नौतन प्रिमियर लिगको ट्रफि नौतन किङ्गसले हात पार्यो

बारा । बाराको परवानीपुर गाउँपालिका वार्ड नं ५ गण्डक चौक नजिकको क्रिकेट मैदानमा भैरहेको नौतन प्रिमियर लिगको ट्रफि नौतन किङ्गसले हात पारेको छ।

आजको फाइनल म्याच नौतन किङ्गस र नौतन रोयल्सको बिचमा भएको थियो। सो खेलमा नौतन किङ्गसले २० ओभरमा ९ विकेटको छतिमा १७९ रन बनाएको थियो। जवाफमा १८० को टार्गेट पाएको नौतन रोयल्सले सबै विकेट गुमाएर ८० रन मात्र जोडन सकेको थियो।

नौतन प्रिमियर लिगका विजेता टिम नौतन किङ्गसलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस बारा निर्वाचन छेत्र नं ४ ख का सभापति लोकेश सिंह ज्यूद्वारा ट्रफि र प्रमाण पत्र वितरण गरिएको थियो।

सो लिगमा बेस्ट ब्यासमान धिरज साह, बेस्ट बौलर राजकुमार सिंह, बेस्ट फिल्डर हरि शंकर साह, इमर्जिङ प्लेयर विशाल दास , म्यान अफ दि सेरिज गोबिन्द केशरी , म्यान अफ दि म्याच गोबिन्द केशरीलाई पुरस्कार वितरण गरिएको थियो।

आजको समापन समारोहमा विशिष्ट अतिथिहरू इन्स्पेक्टर सुरेश राज भट्ट , नेपाली काँग्रेस बाराका जिल्ला सदस्य प्रमोद सिंह,तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता,तरुण दल जिल्ला सचिव शुभनारायण गुप्ता,सह सचिव हरिओम पटेल, सदस्य सुनिल पटेल , समाजसेवी मोहन दास , समाजसेवी रामनारायण साह, हरिशंकर गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो।

त्यस्तै टिमका ओनरहरु राजेश ठाकुर,योगेन्द्र गुप्ता,गणेश साह,रोशन गुप्ताको समेत उक्त अवसरमा उपस्थिति रहेको थियो। त्यसैगरी खेलका आयोजकहरु हरिशंकर साह,धिरज कुमार साह,विवेक गुप्ता,सचिन गुप्ताको समेत सो अवसरमा उपस्थिति रहेको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.