वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम बर्णवालले तृतिय स्थान हासिल गरे

पर्सा। फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम बर्णवालले तृतिय स्थान हासिल गरेको छ ।

कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले तृतिय स्थान हासिल गरेको हो ।

वीरगञ्ज ताइक्वान्दो डोजाङ्गबाट अफताब आलम, महमद सोहेल अख्तर, इमरान शेख, सुजित यादव, र रोहन पटेलले स्वर्ण पदक जित्दै टोलीलाई गौरवान्वित बनाए ।

साथै, सोहेल अख्तर, सुमित कुशवाहा, शुसान्त कुमार पटेल, र राजन बाबु कुमार गुप्ताले रजत पदक जिते । यस्तै प्रदीप घिमिरे, रिसी साह, प्रिन्स गुप्ता, दिलिप कुमार दास, प्रथम वर्णवाल, शिवम कुमार, मुन्नीलाल राउत, गौतम प्रजापती, सब्रिना खातुन, रिजवान अली, र महमद अब्दुलले कांस्य पदकजितेका छन् ।

नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको वीरगञ्ज ताइक्वान्दो डोजाङ्गका प्रशिक्षक महमद वेशले जानकारी दिए ।

उनले प्रतियोगितामा वीरगञ्ज टोलीले गरेको प्रदर्शनबाट खुशी व्यक्त गर्दै आगामी दिनमा अझै मेहनत गर्नुपर्नेमा जोड दिए । साथै ठूलो प्रतियोगितामा ठूलो संख्यामा भएको प्रतिस्पर्धामा गरेको प्रदर्शन र प्राप्त उपलब्धीले अझै हौसला थपेको पनि उनले बताए ।

डोजाङ्गका प्रमुख महमद शकिलले प्रतियोगितामा सहभागी टोलीको सफलतालाई उत्साहजनक मानेका छन् । उनले प्रतियोगितामा जानका लागि नबिल बैंक वीरगञ्जले ट्रयाक शुट प्रयोजन गरेकामा नबिल बैंक आदर्शनगर शाखाका प्रबन्धक विशेष दैवज्ञप्रति आभार प्रकट गरे ।

उनकाअनुसार हाल वीरगञ्ज ताइक्वान्दो डोजाङ्गमा बिहान र बेलुकी गरी ८० जना विद्यार्थीहरू नियमित रूपमा ताइक्वान्दोको प्रशिक्षण लिइरहेका छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.