भारतको आन्ध्र प्रदेशस्थितमा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

एजेन्सी । भारतको आन्ध्र प्रदेशस्थित विजयनगर जिल्लामा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन्।

गम्भीर घाइतेको संख्या बढी भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। त्यहाँको मण्डल रेल प्रबन्धकका अनुसार हावडा–चेन्नई रुटमा विशाखापट्टनम–पलासा यात्रु रेल र विशाखापट्टनम–रायगढा यात्रु रेल आपसमा ठोक्किएका थिए। दुर्घटनामा रेलका तीनवटा डिब्बा क्षतिग्रस्त भएको अधिकारीहरुले जनाएका छन्।

दुर्घटनापछि यो मार्गमा चल्ने झण्डै ४० वटा रेल प्रभावित भएका छन्। २२ वटा रेललाई डाइभर्ट गरिएको र १८ रेल रद्ध गरिएको जनाइएको छ।  गत २ जुनमा भारतको ओडिसास्थित बालासोरमा भएको रेल दुर्घटनामा झण्डै ३ सय जनाको मृत्यु भएको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.