एजेन्सी । दक्षिण अफ्रिकामा ट्याक्सी र मिनीबस चालकहरुले गरेको आन्दोलनका क्रममा ५ जनाको मृत्यु भएको छ ।
सवारी चालकहरुले बाटोमा ट्याक्सी तेर्याएर यातायात सेवा अवरुद्ध गरेपछी बाटो खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा प्रहरीको गोलीबाट उनीहरुको मृत्यु भएको हो ।
सय भन्दा बढी प्रदर्शनकारीहरु पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई दंगा, लुटपाट र आगजनीको मुद्दा चलाउने तयारी गरेपछी आन्दोलनकारी थप आक्रोशित बनेका छन् ।