बर्ष भरीका लागी लगाईएको धानबाली बाढीले बगायो “अब के खाने चिन्ता”

वीरगञ्ज । केही दिन यता वीरगञ्ज लगायत वीरगञ्ज आसपास क्षेत्रको खोलामा आएको बाढीले निकै क्षति पुर्‍याएको छ ।

वीरगञ्ज महानगरपालिका अन्तरगत पर्ने बगही, लालपर्सा-पर्सोतीपुर, बेलवा, जगरनाथपुर, सोलकपुर, मिलनचोक लगायतका ठाउँमा ठुलो क्षेति भएको स्थानियले बताएका छन । भखरैं लगाईएको धानबाली बाढीले बगाएको छ ।

समयमै सचेत रहदाँ मानवीय क्षति हुनबाट जोगिएका छौं हरेक बर्ष बर्षको समयमा बाढी आउदाँ यसरीनै त्रासमय बस्नु पर्ने वेलवाका -एक कृषक 

भmरिसुरु हुदा रात-रात भरी नसुती भेडहा खोलाको पानी घरमा कतिखेर पस्ने हो भन्ने त्रासमै बस्नु पर्ने वहाँले बताउनु हुन्छ ।
बर्षौ देखी यसरीनै बाढीको पानीले क्षति पुर्‍याउदै आएको छ । महानगरले बर्षेनी बालुवाको बाध लगए पनि प्रभावकारी नभएको स्थानियले गुनासो गर्दै आएका छन ।

बर्ष भरीका लागी लगाईएको धानबाली बाढीले बगाउदा यसपाली के खाने भन्ने चिन्ताकोे बिषय छ । क्षतिपुर्ती त परैजाओस यहाँ त ढुवानमा परिरहदाँ नेताहरुले एक मुठ्ठी अन्नबोकेर आउदैन्न अए पनि सेल्फी लिएर जान्छन ।

वीरगञ्ज महानगरपालिका को पुणर् क्षेत्रफलको अन्दाजी २० प्रतिशत सहरी क्षेत्र रहेको छ, भने ८० प्रतिशतमा ग्रमिण क्षेत्र अर्थात खेती हुने गरेको छ । तर यहाँ समयमा मल-खाद, पानी को अभाव छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.