आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

पर्सा । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस मुठी खाएर मुरी उब्जाउने महिनाका रुपमा नेपालभर यो दिवस मनाईँदै छ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँका अधिकांश स्थानमा आजकै दिनबाट रोपाइँ सुरु गर्ने र दिनभरी काम गरेर खाजाका रुपमा दही चिउरा खाने प्रचलन छ। त्यसैले आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि परिचत छ।

वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन्। कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने निर्णय गरेको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.