पर्सा । बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले नेपाल आफ्नो आत्मा भएको बताएका छन् ।
शुक्रबार काठमाडौं आइपुगेका उनले विशेष कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘नेपाल मेरो आत्मा हो । त्यसैले म नेपालमा यो भन्न चाहन्छु की हनुमानजीको चरणमा प्रार्थना गरेर एकदिन नेपालले पूरा दुनियाँमा आफ्नो डंका बजाउनेछ ।’
नेपालमा रहने सबै भक्तजनको लागि पशुपतिनाथको कृपा बनिरहोस् भन्ने उद्देश्यले पशुपतिनाथको दर्शन गर्न जाने पनि शास्त्रीले बताए । उनले नेपाल हिन्दु राष्ट्र बनोस् र सनातनको क्रान्ति बनिरहोस् भन्ने धारणा पनि राखे ।