सिरहाको माड़रमा ब्राह्मण–मण्डलको अन्तरजातीय विवाह

पर्सा । जातीय विभाजन र दहेज प्रथाले ग्रसित तराई–मधेशमा प्रेम, समानता र सामाजिक न्यायको सन्देश बोकेर एक अन्तरजातीय विवाहले समाजमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। सिरहा नगरपालिका–१५ माड़रका २७ वर्षीय अवधेश कुमार झा जो पण्डित र ब्राह्मण समुदायका हुन्।

उनले सोही गाउँकी २२ वर्षीय बन्दना कुमारी मण्डल सँग प्रेम विवाह गरेका छन्। बैशाख २८ गते पण्डा बाबा विवाह भवनमा भव्य समारोहबीच सामाजिक रीतिरिवाज अनुसार उनीहरू वैवाहिक बन्धनमा बाँधिए।

यो विवाह विशेष मात्र प्रेममा आधारित नभई सामाजिक सुधारको सन्देश बोकेको छ। अवधेश झाले झण्डै एक दशकअघि ‘ओरेक नेपाल’ नामक संस्थाको बाल विवाह र दहेज प्रथाविरुद्धको कार्यक्रममा सहभागी हुँदै दहेज रहित विवाह गर्ने बाचा गरेका थिए। उनले दिएको प्रतिवद्धता पूरा गर्दै कुनै दहेज नलिई बन्दनासँग विवाह गरेर उदाहरणीय कदम चालेका छन्।

तराई–मधेश क्षेत्रमा अझै पनि जातीय भेदभाव र दहेज प्रथा गहिरो रुपमा जरा गाडेर बसेको छ। यस्तो अवस्थामा एक बहुन युवकले मण्डल समुदायकी युवतीसँग बिना दहेज विवाह गरेर गहिरो सामाजिक सन्देश दिएका छन्। विवाहमा दुबै पक्षका परिवार र गाउँलेहरूको सहभागिता देखिनु पनि सकारात्मक परिवर्तनको संकेत हो।

यसअघि पनि यही बैशाख ५ गते सिरहा नगरपालिका–१६, माड़रकै एक मण्डल समुदायकी केटी र चौहर्वास्थित यादव समुदायका केटाले माडर स्थितकै रामा होटलबाट जयन्ती सजाएर अन्तरजातीय विवाह गरेका थिए। यी घटनाहरूले सिरहामा सामाजिक समरसताको भावना बिस्तार हुँदै गएको संकेत गर्छ।
समाजका लागि सन्देश

यी विवाहहरूले प्रेम, समानता र सामाजिक समावेशिताको स्पष्ट सन्देश दिएका छन्। जातीय विभेद र दहेज प्रथा अन्त्यको दिशामा यस्ता कदमहरूले ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ। समाज सुधारका अभियन्ताहरूले यसलाई सामाजिक परिवर्तनको संवाहक मानेका छन्।

यसरी, सिरहाको माड़र गाउँले जातीय पर्खाल तोडेर प्रेम र समानताको पुल निर्माण गर्ने उदाहरणीय प्रयासका साक्षी बनेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.