विद्युत् प्राधिकरणको ठेक्का विवाद प्रकरणमा राप्रपाका बागमती प्रदेशसभा सदस्य डम्बर तामाङ सहित ६ विरुद्ध पक्राउ पुर्जी जारी …
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा राप्रपाका तर्फबाट बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध ललितुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
उनीसहित ६ जनालाई पक्राउ गर्न पुर्जी जारी गरिएको हो । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरी परेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
तामाङ यस अघि बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्री थिए । चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गतको सव–स्टेशन निर्माणमा सम्बन्धी विषयमा अदालतले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
तामाङसमेत प्रो–सोलुसन्सका संस्थापकहरू सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादवविरुद्ध आपराधिक विश्वासघातको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो।
यस बिषयमा तामाङलाई सम्पर्क प्रयास गर्दा उनको मोबाइल नम्बर स्वीच अफ रहेको छ ।