गुल्मीको मुसिकोट नगरपालिका–८ का वडाध्यक्ष मोहन घिमिरे झुन्डिएको मृत अवस्थामा भेटिए

पर्सा । गुल्मीको मुसिकोट नगरपालिका–८ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन्।

बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस अलबिदा लेखेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उनले फेसबुकमा लेखेका थिए, परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिताः साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु। अलबिदा।

शुक्रबार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.