एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु हुदाँ गाउँले शोकमा डुबे

पर्सा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर ज्यान गएको छ । यादव दाजुभाइको ज्यान गएपछि बगही गाउँ शोकमा डुबेको छ ।

गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उहाँले बताउनुभयो ।

मंगलवार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.