वीरगञ्ज । असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायःजसो खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा साउन लागदा पनि पर्सामा रोपाइँ गर्न ढिला भएको छ ।
पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको कृषकहरुको भनाई रहेको छ ।
“यस वर्ष त रोपाइँ नै ढिला भयो, विगतमा असार अन्तिम साता सम्ममा रोपाइँ सकिन्थ्यो, अहिले साउनको आधी समय लागिसक्यो, रोपाइँ सकिएको छैन ।”
बल्लतत्ल आधी खेलमा रोपाइँ सकियो, यसपाली राम्रो उब्जनी हुँदैन भन्ने डर छ।
जताततै पानीको मुहान सुकिएको हुदाँ बोरिनहरुमा पानी नआउदा खेतमा पानीको अभावले धान रोपाइँ गर्न सकिएको छैन । “यस वर्ष पानी नपर्दा खेतीयोग्य जमिन बाँझिदैछन ।