रास्वपा प्रती जनविश्वास बढदो: पर्सा- १ का स्थानीय द्धारा भव्य स्वागत

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तलाई वीरगञ्ज भन्सार क्षेत्रका स्थानीय बासिन्दाहरूले भव्य स्वागत गरेका छन्।

निर्वाचन लक्षित जनभेटघाटमा पन्त त्यस क्षेत्रमा पुग्दा स्थानीयहरूले उत्साहजनक प्रतिक्रिया दिएका हुन्।
​भेटघाट कार्यक्रममा वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहसहितका स्थानीयवासीले रास्वपाप्रति ऐक्यबद्धता जनाएका थिए। उनीहरूले देशमा आमूल परिवर्तन, सुशासन र समृद्धिको यात्रा सुनिश्चित गर्न रास्वपाको विकल्प नभएको उल्लेख गर्दै आफूहरू निस्वार्थ रूपमा सहयोग गर्न तयार रहेको बताए।

​पन्तले स्थानीयहरूसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको मुख्य नीति, पारदर्शिता र जवाफदेही राजनीतिको महत्त्वबारे प्रष्ट पारेका थिए।
देशलाई भ्रष्टाचारमुक्त बनाउँदै विकासको बाटोमा लैजान रास्वपाले लिएको उद्देश्यबारे उनले जानकारी गराउदै
रास्वपाले आगामी दिनहरूमा पनि जनस्तरमा पुगेर नागरिकका समस्या सुन्ने र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन।
​पन्तको भेटघाट कार्यक्रमले स्थानीय स्तरमा रास्वपाप्रतिको आकर्षण बढेको र युवादेखि अनुभवी व्यवसायिक व्यक्तित्वहरूको समेत साथ मिलेको देखिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.