पर्सा । सरकार र शिक्षक महासङ्घबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारीले आन्दोलनलाई जारी राख्ने भएका छन् ।
विद्यालय कर्मचारीले महासङ्घले आफूहरूलाई धोका दिएर सरकारसँग सहमति गरेको भन्दै आन्दोलन लाई जारी राख्ने निर्णय गरेका हुन् ।
सरकारसँग भएको सहमतिबारे छलफल गर्न बिहीबार रत्न राज्य माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उनीहरूले महासङ्घ र सरकारबीच भएको सहमतिको विरोध जनाए ।
आन्दोलनलाई अगाडि बढाउने विषयमा अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफल गरिरहेका छन् ।