शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ता पक्राउ

काठमाडौं। शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने लगायतका माग राख्दै सडकमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ता आइतबार बिहान बानेश्वर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ।

नेपाल कमर्स क्याम्पसको अगुवाइमा भएको विरोध प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडफोड गर्ने प्रयास भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विद्यार्थीको उचित प्रतिनिधित्व बिना सिनेट बैठक स्वीकृत हुन नहुने र क्याम्पसहरूमा शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट मात्र हुनुपर्ने माग राख्दै नेविसंघका विभिन्न क्याम्पस इकाइहरूले आन्दोलन चर्काएका हुन्। विरोधलाई नियन्त्रणमा लिन मीनभवन आसपासका क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

यसअघि नै कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्ने प्रयासमा संलग्न ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले निषेधित क्षेत्र उल्लंघन तथा सार्वजनिक शान्ति सुरक्षा भंग गर्ने गतिविधि कडाइका साथ नियन्त्रणमा लिइने चेतावनी दिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.