दुर्गा प्रसाईको कार्यक्रममा पुर्व राजा सहभागी नहुने

पर्सा । पूर्वराजा ज्ञानेन्द्र शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार चितवनतिर लागेका छन् ।

प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए ।
प्रसाईले भनेका थिए, ‘राजाले टाउको हल्लाइबक्सेको छ, आउनुहुन्छ होला ।’

तर, पूर्वराजा शाह कार्यक्रमअघि नै चितवनतिर लागेकाले प्रसाईको कार्यक्रममा आउने सम्भावना नरहेको स्रोतको भनाइ छ । पूर्वराजाका सम्वाद सचिव फणिराज पाठकका अनुसार ज्ञानेन्द्र र कोमल दुबैजना जिल्ला भ्रमणको सिलसिलामा चितवन गएका हुन् ।

आइतबार भरतपुर विमानस्थलमा पुग्दा पूर्वराजा शाहलाई समर्थकहरुले स्वागत गरेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.