पर्सा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षीय ऐनक्स थापा हुन् ।
पोखरा १६, बाटुलेचौरमा मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्वीमिङमा पुलमा पौडी खेल्ने क्रममा ऐनक्स शुक्रबार साँझ ६ः१५ बजे डुबेका थिए । डुबेर घाइते उनलाई उपचारार्थ दीप अस्पताल पठाइएकोमा चिकित्सकले राति ७ः१० मा मृत घोषणा गरेका थिए ।