बारामा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु

बारामा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

बाराको प्रसौनी गाउँपालिका-२ पतंजली चौक स्थित वीरगञ्ज बाट कलैया तर्फ आउदै गरेको प्रदेश ३०३-०२१- प ९११८ नम्बरको स्कुटी लाइ बिपरित दिशाबाट जाँदै गरेको प्र.२-०२-०३-००१ त ७७० नम्बर को ट्रयाक्टर ले ठक्कर दिँदा स्कुटी चालक वीरगञ्ज महानगरपालिका वडा -१५ ब्रह्मचोक निवासी अंदाजी बर्ष ४५ को राजमन चौधरी मृत्यु भएको बारा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना लगतै एल एस् न्युरो अस्पताल लैजादा डाक्टरले मृत घोषणा गरेका छन।

सोही स्कुटि मा पछाडि सवार वीरगञ्ज -१५ ब्रह्मचोक बस्ने अंन्दाजी वर्ष २० को नेहाल चौधरीको अवस्था सामान्य रहेको छ।
ट्रयाक्टर र ट्रयाक्टर चालक बारा पचरौता नगरपालिका वडा -७ बेनौलि बस्ने अंन्दाजी वर्ष ३५ को रन्जित प्रसाद यादवलाई इलाका प्रहरी कार्यालय प्रसौनी बारा को नियन्त्रणमा राखिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.