काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साह (बालेन) को सिनामंगलस्थित घरमा चोरी नभएको प्रहरी अनुसन्धानले देखाएको छ।
पन्चकुमारी मन्दिर नजिकै रहेको उनको घरको ग्रिल फोडिएको अवस्थामा फेला परेपछि गौशाला प्रहरी वृत्तले चोरीको आशंकामा अनुसन्धान सुरु गरेको थियो। घरसँगै म्यानपावर कम्पनीको कार्यालय रहेको र त्यहाँ मानिसहरूको भिडभाड हुने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले घरको स्थलगत अवलोकन गर्दा कुनै पनि धनमाल हराएको वा चोरी भएको प्रमाण फेला पारेन।
घरको बाहिरी ग्रिल फोडिएको देखिए पनि भित्रि क्षति वा चोरी नभएको पुष्टि भएको छ।
घटनाको समयमा नेता बालेन चुनावी अभियानका क्रममा कर्णाली प्रदेशको सुर्खेतमा छन्। उनले त्यहाँ पार्टीको रणनीति र कार्यकर्ता भेटघाटलाई निरन्तरता दिइरहेका छन्।