भारतीय अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल विवाह बन्धनमा बाधिँदै

एजेन्सी । भारतीय अभिनेता शुनील शेट्टीकी छोरी अभिनेत्री अथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुल २३ जनवरीमा विवाह बन्धन बाधिँदै छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार दुबैको विवाहको उत्सव ३ दिनसम्म चल्ने जनाइएको छ। तर, परिवारका सदस्यले भने यसबारे कुनैपनि आधिकारिक घोषणा गरेका छैनन् ।

दुबैको विवाहका लागि स्थान आफ्नै घर खण्डाला बंगलामा तय गरिएको छ। दुबैको प्रि वेडिङ अर्थात विवाह पूर्वको समारोह जनवरी २१ बाट सुरु हुनेछ। विवाह आउन केही दिन मात्रै बाँकी रहेकाले दुबै परिवारमा बिहेको तयारी तिब्र रुपमा भइरहेको छ ।

अथिया र केएलको विवाहमा नजिकका साथीभाइ र परिवारका सदस्यहरू मात्र सहभागी हुनेछन्। विवाहमा बोलाइने पाहुनाको सूची पनि तयार भइसकेको छ ।

यो विवाहमा चलचित्र र क्रिकेट क्षेत्रका केही चर्चित नामहरु संलग्न हुने बताइएको छ । सलमान खान, ज्याकी श्राफ, अक्षय कुमार, एमएस धोनी र विराट कोहली लगायत विवाह समारोहमा सहभागी हुनेछन्।

दुवैले दक्षिण भारतीय रीतिरिवाज अनुसार विवाह गर्ने जोडीसँग सम्बन्धित स्रोतले बताएको छ । हल्दी, मेहन्दी, संगीत लगायत अन्य धेरै रितीरिवाजहरु हुनेछन्।

राहुल र आथिया करिब तीन वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । दुवैजना प्रायः एकअर्कासँग छुट्टी मनाउन जान्छन्। लामो समयसम्म दुबैले आफ्नो सम्बन्ध गोप्य राखेका थिए ।

आथिया प्रायः आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा केएल राहुलको साथमा देखिने गरेकी छिन् । हालै दुवैले नयाँ वर्षसँगै मनाएका छन् । दुबैले एकअर्काको फोटो सामाजिक सञ्जालमा सेयर गर्ने गरेका छन् ।

आथियाले सन् २०१५ मा सुरज पञ्चोलीसँग फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । यससँगै उनले थप दुई फिल्म ‘मुबारकन’ र ‘मोतीचूर चकनाचूर’ मा पनि काम गरिसकेकी छिन्, ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.