चलचित्रको अभिनय भन्दा गीतको भिडिओका कारण दर्शकले चिने; अभिनेत्री स्वस्तिमा

पर्सा ।अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई चलचित्रको अभिनयले भन्दा गीतको भिडिओका कारण दर्शकले चिनेको बताएकी छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटसमा ‘साली मन पर्यो’ बोलको गीतको स्क्रिनसट राख्दै उनले लेखेकी छन्, ‘आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनिने अवस्था छ ।’

धेरै चलचित्रमा अभिनय गरे पनि अन्ततस् ५ मिनेटको गीतका कारण दर्शकमाझ चिनिएको दाबी गरेकी स्वस्तिमाले अभिनय गरेको ‘कुटुमा कुटु सुपारी दाना’ गीतले अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड राखेको छ ।

अभिनयबाट रजतपटमा पदार्पण गरेकी खड्काले म्युजिक भिडिओको भ्युजलाई आधार मानिरहँदा उनले अभिनय गरेका‘चिसो मान्छे’ लगायत चलचित्रलाई भने बिर्सिएकी छन् । उनका अनुसार अभिनयभन्दा महत्वपूर्ण उनका म्युजिक भिडिओहरू हुन् । म्युजिक भिडिओको सामुन्ने चरित्रको रूपमा निभाएको उनका अभिनय कमसल चिज हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.