झण्डै एक अर्ब बढेर आयो गण्डकी प्रदेशको बजेट

पर्सा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री टकराज गुरुङले शनिबार प्रदेश सभाको बैठकमा ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ५१ करोड करोड अर्थात ६० प्रतिशत विनियोजन गरिएको छ।

यो वर्ष गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा केही बढाएर बजेट ल्याएको हो। चालू आर्थिक वर्ष २०८०–८१ को बजेट ३३ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो।

गण्डकी सरकारले पर्यटन, कृषि, खानेपानीलाई प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा पनि यसलाई प्राथमिकतामा राखिएको थियो। भौतिक पूर्वाधार निर्माणमा १२ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री गुरुङले बताए।

यससँगै प्रदेश सरकारले व्यावसायिक कृषिमा जोड दिने जनाएको छ। कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि दुई अर्ब नौ करोड रुपैयाँ विनियोजन गरिएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.