बाँदर नियन्त्रण तालिममा सहभागीका लागि जाने टोली भारत प्रस्थान आरजुले गरिन बिदाइ

पर्सा । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रण तालिममा सहभागीका लागि भारत जाने टोलीलाई बिदाइ गरेको छ । शुक्रबार सिंहदरबारस्थित समितिको सभाकक्षमा समितिले बाँदर नियन्त्रण तालिम लिन भारत जाने भेटेरिनरी डाक्टर र फरेस्ट रेन्जरलाई बिदाइ गरेको हो ।

बिदाइ कार्यक्रममा समिति सभापति डा. आरजु राणा देउवाले बाँदरलाई मार्नु नै उचित समाधान नरहेकाले तालिम लिएर बाँदर नियन्त्रण गर्न सकिने विश्वासले तालिममा सहभागीका लागि पठाउन लागेको जानकारी दिइन् ।

‘बाँदरलाई यत्तिकै मार्न हुँदैन । यो हाम्रो बाटो होइन भन्ने छलफल भएको थियो । नियन्त्रण कसरी गर्ने भन्ने कुराहरू उठिरहँदा हामीले उपाय निकालेका हौँ । तालिम लिन सक्यौ भने चाहिँ हामी नियन्त्रण गर्न सक्छौं । यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौँ र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौँ,’ राणाले भनिन् ।

उनले तालिम लिएर आएपश्चात त्यसलाई लागु गर्नका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरिन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.