साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान

पर्सा ।सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले मंगलबार गौरादह- १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विश्वकर्मा दम्पतीलाई कारागार चलान गरिसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  उनीहरूलाई कडा सुरक्षाबीच कारागार पठाइएको थियो ।

गौरादहका चार सय ६६ जनाको २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएका व्यवसायी विश्वकर्मालाई प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो ।  प्रहरीले उनलाई पूर्वी नाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको थियो ।

उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए । पीडितहरूले उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा ठगी मुद्दा दर्ता गरेका थिए । त्यसपछि प्रहरीले उनीसहित उनका श्रीमतीलाई पक्राउ गरी मुद्दा चलाएका थिए । सो ठगी धन्दामा संलग्न अन्य २ जना भने अझै फरार रहेका छन् ।

सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने एक दम्पतीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । झापा जिल्ला अदालतले मंगलबार गौरादह- १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । विश्वकर्मा दम्पतीलाई कारागार चलान गरिसकेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।  उनीहरूलाई कडा सुरक्षाबीच कारागार पठाइएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.