नेपाल प्रिमियर लिग सिजन ३ मा चितवन राइनोज र कर्णाली याक्सको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग सिजन ३ मा चितवन राइनोज र कर्णाली याक्सको रोमाञ्चक जित

 

 

……

​नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करण अन्तर्गत कात्तिक १० गते (अक्टोबर २७) त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दुई वटा प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। दिनको पहिलो तथा प्रतियोगिताको दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनको साँघुरो अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रनको बलियो योगफल खडा गरेको थियो। जवाफमा १५८ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको विराटनगर किङ्स १९.३ ओभरमा १४९ रन बनाउँदै अलआउट हुन पुग्यो। चितवनका लागि उत्कृष्ट बलिङ गर्दै टोलीलाई जित दिलाएका कमल सिंह ऐरी खेलको ‘म्यान अफ द म्याच’ चुनिए।

​सोही दिन साँझ खेलिएको अर्को रोमाञ्चक भिडन्तमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हराउँदै महत्त्वपूर्ण दुई अंक जोडेको छ। जनकपुर बोल्ट्सले टस जितेर कर्णाली याक्सलाई पहिले ब्याटिङको अवसर दिएको थियो। कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। १३३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा जनकपुर बोल्ट्सका ब्याटरहरू लडखडाएपछि टोली १९.३ ओभरमा ११३ रनमै समेटिन पुग्यो। कर्णालीका युनिश सिंहले टोलीको जितमा निर्णायक प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ को उपाधि हात पारे।

​प्रतियोगिताको उद्घाटन दिन (कात्तिक ९ गते) साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले सहजै हराएको थियो। अब प्रतियोगिता अन्तर्गत कात्तिक ११ गते पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.