जिल्लाबाट आएका नामहरु जस्ताको तस्तै केन्द्रमा पठाएको कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमनबहादुर शाहीले बताए । उनका अनुसार हुम्लाबाहेक नाै जिल्लाले उम्मेदवारहरुको नाम सिफारिस गरेका थिए ।
सिफारिसमा पर्नेमा सुर्खेतबाट पूर्वपार्टी सभापति डम्बर जिसी, पूर्वमन्त्री खड्क बस्याल, प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यसहित २४ भन्दा बढीको नाम छ । दैलेखबाट पूर्वसभापति रविन्द्रराज श्रेष्ठ, पूर्वराष्ट्रिय सभा सदस्य रंगबहादुर शाही, पूर्वमन्त्री हिमबहादुर शाही, सुमित्रा शाहलगायतको नाम सिफारिस भएको छ ।
यस्तै, जुम्लाबाट पूर्वमन्त्री दीनबन्धु श्रेष्ठ, लाल हमाललगायत छ जनाको नाम सिफारिस भएको छ । जाजरकोटबाट प्रदेश उपसभापति सनथबहादुर कार्की, सहमहामन्त्री रामछाया शाही, दीपकजंग शाहलगायतको नाम सिफारिस भएको छ ।
कालिकोटबाट तरुण दलका पूर्वकेन्द्रीय महासचिव भूपेन्द्रजंग शाही, प्रदेश उपसभापति कालीबहादुर सहकारी, प्रदेश कार्यसमिति सदस्य मनबहादुर नेपाली, मोतिराज बम, यशोदा शाहीलगायत नौजनाको नाम सिफारिस भएकाे छ ।
रुकुम पश्चिमबाट प्रदेश महामन्त्री कृष्ण रोकाय, पार्टी केन्द्रीय सदस्य मानबहादुर नेपालीलगायतको नाम सिफारिस भएको छ भने सल्यानबाट पूर्वकेन्द्रीय सदस्य डिल्ली रेग्मी, ध्रुव पुरी, गणेश चन्दलगायतको नाम सिफारिस भएकाे छ ।
बैठकले कर्णाली प्रदेशको प्रथम सम्मेलन आगामी चैत महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेकाे प्रवक्ता शाहीले जानकारी दिए ।
