आज वर्षा र हिमपातसँगै बढ्यो चिसो, सतर्क रहन आग्रह

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली (Western Low Pressure System)को बलियो प्रभाव रहेको छ। यसको असरले गर्दा आज देशभरिको मौसममा उल्लेख्य परिवर्तन देखिएको छ।
दिउँसोको अवस्था गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहनेछ। यी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, मधेश र कोशी: यी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात हुने महाशाखाले जनाएको छ।
आज राति देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ।
बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भए तापनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायमै रहनेछ।
मौसम विभागले वर्षा र हिमपातका कारण देशभर चिसो बढ्न सक्ने र दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा पर्वतारोहणमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेषगरी तराईका भू-भागमा बिहानीपख लाग्ने हुस्सु र कुहिरोका कारण यात्रा गर्दा सावधानी अपनाउनु होला।

भिडियो समाचार ;

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.