सांसद डा. अमरेश सिंहले आफ्नो सामाजिक संजाल फेसबूकमा लेखछन:
पर्सा । देश बिचौलियाको कब्जामा छ मैले बारम्बार भन्दै आएको छु। त्यस्को ज्वलन्त उधारण को संघीय मामिला मन्त्रीको अडियो कान्ड ,देशैभर को विभिन्न मालदार कार्यालयहरु मा बिचौलियाको चाहना र स्थानिय तहमा मेयरको रोजाइमा पर्ने कर्मचारी लैजानमा संघीय मामिला मन्त्रालयमा बिगत देखि नै सेटिङ रहेको कुरा आमनेपाली लाई थाहा छ ।
एमालेका २ नेता एवं मन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । घटनाको सत्यता र अडियोको आधिकारिकता जाँच हुँदै जाला, तर यस्तो गम्भीर प्रश्न उठ्दा पनि पदमा टाँसिइरहनु लाजमर्दो विषय हो । दुबै मन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ।