बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भए

पर्सा ।  बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् । नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगर हेटौंडा पुगेर संवाद अगाडि बढाएलगत्तै मुख्यमन्त्री ज्म्मकट्टेलले विश्वासको मत पाउने माहोल बनेको हो ।

यस्तै, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको आजको १ बजेको प्रदेशसभा बैठक ४ बजेका लागि सारिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्न ढकालका अनुसार सांसद आले मकवानपुरको भीमफेदी गाउँपालिका आइपुगिसकेको जानकारी प्राप्त भएको छ । आले बैठकमा उपस्थित हुने भएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत पाउने निश्चित भएको छ ।

१ सय १० सदस्यीय रहेको बागमती प्रदेशसभामा सरकारको निरन्तरका लागि ५६ सांसदको समर्थन चाहिन्छ । सत्तारूढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका सात , हाम्रो नेपाली पार्टीका दुई सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ सभामुखसहित र नेमकिपाका तीन सांसद छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.