​साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: नेपाली कांग्रेसद्वारा गम्भीर ध्यानाकर्षण र सरकारसँग उद्धारको माग

​साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: नेपाली कांग्रेसद्वारा गम्भीर ध्यानाकर्षण र सरकारसँग उद्धारको माग

काठमाडौँ। साउदी अरेबियाको सेबा आयल फिल्डमा भएको ड्रोन आक्रमणका क्रममा भग्नावशेष खस्दा एक नेपाली नागरिकको निधन भएको घटनाप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण गराएको छ। कांग्रेसले दिवंगत नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सो दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ।

पार्टीका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा निर्दोष नागरिकको ज्यान जाने गरी हुने यस्ता हिंसात्मक घटना मानवता र मानवीय मूल्य-मान्यता विपरीत भएको उल्लेख छ। नेपाल सम्बद्ध नै नरहेको द्वन्द्वमा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्त दुःखद र चिन्ताजनक रहेको भन्दै कांग्रेसले यस्ता घटनाको घोर निन्दा र भर्त्सना गरेको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनाहकमा एक जना पनि नेपालीको जीवन गुम्नु अत्यन्तै दुःखद भएको बताउनुभएको छ। उहाँले साउदी अरेबियामा कार्यरत सम्पूर्ण नेपाली नागरिकको सुरक्षामा थप गम्भीर पहलकदमी लिन, सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन र आवश्यक परेमा नेपाली नागरिकको उद्धार प्रबन्ध मिलाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।

शोकको यस असह्य घडीमा नेपाली कांग्रेसले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यो पीडा सहन गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.