नारायणी नदी नियन्त्रण र नारायणगढ बजार संरक्षणका लागि रवि लामिछानेलाई उद्योगीको ध्यानाकर्षण

नारायणी नदी नियन्त्रण र नारायणगढ बजार संरक्षणका लागि रवि लामिछानेलाई उद्योगीको ध्यानाकर्षण

 

काठमाडौं । चितवनका उद्योगी व्यवसायीहरूले नारायणी नदीको कटान र बाढीबाट नारायणगढ बजारसहित वरपरका क्षेत्रलाई जोगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेसँग भेट गरी विशेष ध्यानाकर्षण गराएका छन्। उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली र नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठसहित सोमबार पुगेको प्रतिनिधिमण्डलले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन र तत्काल तटबन्धन निर्माणको पहल गरिदिन माग गरेको हो।

भेटघाटका क्रममा व्यवसायीहरूले नदी कटान र सम्भावित जोखिमको सही लेखाजोखा गर्न राज्यका सम्बन्धित निकायबाट तत्काल प्राविधिक टोली खटाउनुपर्ने आवश्यकता औंल्याएका थिए। व्यवसायीको टोलीलाई आश्वस्त पार्दै सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायहरूसँग आवश्यक समन्वय गरी छिट्टै प्राविधिक टोलीमार्फत विस्तृत अध्ययन गराउने र नारायणी नदीको प्रभावकारी नियन्त्रण एवम् बजार संरक्षणको कामलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.