मध्य प्रदेशमा मार्मिक दुर्घटना: बार्दलीबाट गुट्खा थुक्ने क्रममा ११ हजार भोल्टको करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु

मध्य प्रदेशमा मार्मिक दुर्घटना: बार्दलीबाट गुट्खा थुक्ने क्रममा ११ हजार भोल्टको करेन्ट लागेर ६५ वर्षीय वृद्धको मृत्यु

 

बिदिसा -भारतघरको । बार्दलीबाट सामान्य रूपमा गुट्खा थुक्न खोज्दा एक ६५ वर्षीय वृद्धले ज्यान गुमाउनु परेको छ। भारतको मध्य प्रदेशस्थित विदिशा जिल्लाको गञ्ज बासोदा (गायत्री नगर) मा शुक्रबार यस्तै एउटा हृदयविदारक घटना घटेको छ।
​पेसाले मेकानिक रहेका र मूल घर छतरपुर भएका ६५ वर्षीय प्रभु लाल गुप्ता विगत १० वर्षदेखि सोही स्थानमा भाडाको घरमा बस्दै आएका थिए। शुक्रबार उनी बस्दै आएको भाडाको घरको तेस्रो तल्लाको बार्दलीमा निस्किएका थिए। सोही क्रममा गुट्खा थुक्ने बेला अचानक घर नजिकैबाट गएको ११ हजार भोल्ट (११ केभी) को उच्च क्षमताको विद्युतीय प्रसारण लाइनको सम्पर्कमा पुग्दा उनको घटनास्थलमै मर्मस्पर्शी मृत्यु भएको भारतीय सञ्चारमाध्यम ‘दैनिक जागरण’ ले जनाएको छ। घटनालगत्तै प्रहरी टोली घटनास्थलमा पुगी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।
​स्थानीयको आक्रोश: “हामीले पटक-पटक गुहार गरेका थियौँ”
​यो दुर्घटनापछि स्थानीय बासिन्दाहरूमा विद्युत् विभागविरुद्ध ठूलो आक्रोश फैलिएको छ। आवासीय क्षेत्र र घरहरूसँगै टाँसिएर गएका यस्ता खतरनाक हाइटेन्सन लाइनहरू हटाउन यसअघि पटक-पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरेको उनीहरूको आरोप छ।

​घटना भएको घरकी धनी पद्मा चिधरका अनुसार, घरको अति नजिकै रहेको उक्त हाइटेन्सन लाइन हटाउन विद्युत् कम्पनीका अधिकारीहरूसँग धेरै पटक लिखित तथा मौखिक निवेदन दिइएको थियो। अधिकारीहरूले आश्वासन मात्रै दिने तर लामो समयसम्म कुनै सुनुवाइ नगर्ने लापरबाहीकै कारण यो ठूलो दुर्घटना हुन पुगेको पीडित परिवार र स्थानीय बासिन्दाको गुनासो छ।
​बस्तीकोबीचबाट गएका असुरक्षित विद्युतीय लाइनहरूको नियमति मर्मतसम्भार र सुरक्षा सतर्कता नअपनाइँदा नागरिकहरूले ज्यान गुमाउनु परेको भन्दै स्थानीयले कडा कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.