दसैँपछि मात्रै गिरफ्तार गर्न जेनजी अभियन्ता मिराजको आग्रह

 

दसैँपछि मात्रै गिरफ्तार गर्न जेनजी अभियन्ता मिराजको आग्रह

 

 

काठमाडौं। जेनजी अभियन्ता मिराज ढुङ्गानाले मध्यरातमा आफू र आफ्ना केही साथीहरूलाई गिरफ्तार गर्न लागिएको हल्ला चलेको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारमाथि व्यङ्ग्य प्रहार गरेका छन्। उनले सरकारलाई मध्यरातमा नभई दसैँपछि र त्यो पनि दिउँसोको समयमा मात्र गिरफ्तार गर्न आग्रह गरेका छन्।

​आफ्नो फेसबुक स्टाटसमा उनले दसैँपछि तेस्रो ध्रुव र जनविद्रोहपछिको वास्तविक वैकल्पिक शक्तिको वकालत गर्ने योजना रहेको उल्लेख गर्दै पछिल्लो समय देशमा रातिको समयमा मात्रै गतिविधि वा निर्णय हुने गरेको भन्दै कटाक्ष गरेका छन्।

​हालाँकि, ढुङ्गानाले आफूलाई गिरफ्तार गर्न लागिनुको स्पष्ट कारण, सम्बन्धित निकायको तयारी वा आधिकारिक निर्णयबारे थप विवरण खुलाएका छैनन्। यस विषयमा सरकारी पक्षबाट पनि कुनै आधिकारिक प्रतिक्रिया वा पुष्टि आइसकेको छैन।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.