एमालेसँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

 

एमालेसँग सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

काठमाडौं।  जनता समाजवादी पार्टी (जसपा), नेपालले नेकपा (एमाले) सँग कुनै पनि प्रकारको सहकार्य नगर्ने कुरा प्रस्ट पारेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट भएको फोटोसहितका समाचारहरू सार्वजनिक भएपछि उत्पन्न भ्रमलाई चिर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमार्फत आधिकारिक धारणा सार्वजनिक गर्नुभएको हो।
अध्यक्ष यादवले वर्तमान सरकारमा सहभागी हुने सन्दर्भमा पार्टीले कुनै निर्णय वा नीति नलिएको र कसैसँग कुनै प्रकारको समझदारी पनि नभएको बताउनुभएको छ। उहाँका अनुसार हालको अवस्थामा त्यस्तो सहकार्य सम्भव नै छैन।

अर्कै प्रसङ्गमा खिचिएको फोटोलाई केही व्यक्तिहरूले दुरुपयोग गर्दै गलत, भ्रामक र दुष्प्रचार गर्न खोजेकोमा आश्चर्य व्यक्त गर्दै उहाँले यस्ता कपोलकल्पित, पूर्वाग्रहपूर्ण र असत्य प्रचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ। साथै, जसपा नेपालले हालसम्म नयाँ सरकार गठनका लागि कुनै दाबी पेस नगरेको र अन्य कुनै दलसँग समर्थनसमेत नमागेको कुरा पनि उहाँले स्पष्ट पार्नुभएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.