मालदिभ्सको संसदमा हानाहान, एकजानाको टाउको फुट्यो केही संसद सामन्री घाईते

एजेन्सी । मालदिभ्सको संसदमा सांसदबीच झडप भएको छ।  विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा केही सांसद घाइते समेत भएका छन्।

चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मोइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो।

प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।  कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ। एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ। ‘इण्डिया आउट’ नारा दिँदै चुनाव जितेका मोहम्मद मोइज्जु राष्ट्रपति  छन्। ​

अर्कोतर्फ मालदिभ्सको विपक्षी दल भारतसँग निकट छ। सरकारले मन्त्रिपरिषद्मा नियुक्त गर्न लागिएका चार सदस्यको प्रस्तावमा समर्थन नगर्ने निर्णय गरेको थियो। त्यसप्रति सत्ता पक्षका सांसदहरुले विरोध जनाएपछि त्यही विवाद झडपमा परिणत भएको बीबीसीले जनाएको छ।

सरकारले आवास, भूमि तथा शहरी विकास मन्त्री डाक्टर अली हैदर, इस्लामिक मामिला मन्त्री मोहमद शहीम अली सईद, आर्थिक तथा व्यापार विकास मन्त्री मोहम्मद सईद र महान्यायाधिवक्ता अहमद उशमलाई नियुक्त गर्न चाहेको छ। ​ मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) र पिपल्स नेशनल कांग्रेस (पीएनसी)को गठबन्धन सरकार छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.