पर्सा । झापा गाउँपालीका – १ मा एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
उनका अनुसार झापा गाउँपालिका – १ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुई वटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको थियो ।
नक्कली नोटसहित पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको डीएसपी रिजालले बताउनु भयो ।